बागमती खोलाले युवक बगाएर बेपत्ता, खोजी कार्य जारी

मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिका–१ माझगाउँ, खेस्रेखोला टोलका एक युवक बागमती खोलाले बगाएर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरअनुसार बुधबार दिउँसो करिब ३:३० बजे स्थानीय ४८ वर्षीय गुञ्जमान घलान र उनका करिब १८ वर्षीय छोरा सोम बहादुर घलान माछा मार्न खोलातिर गएका थिए।
घरदेखि झण्डै ५०० मिटर पूर्वतर्फ रहेको बागमती खोलामा माछा मार्ने क्रममा अचानक आएको भेलले सोम बहादुरलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको जानकारी दिइएको छ।

हालसम्म बेपत्ताको अवस्था अज्ञात रहेको र खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.