बक्यौता नतिरेपछि शिवम सिमेन्टको विद्युत् लाइन काट्यो प्राधिकरणले

हेटौंडा । नेपाल विद्युत प्राधिकरण  हेटौंडाले ठूलो परिमाणको बक्यौता तिर्न नसकेपछि शिवम सिमेन्ट लिमिटेडको विद्युत आपूर्ति बन्द गरेको छ।

प्राधिकरणका अनुसार शिवम सिमेन्टले प्राधिकरणप्रति रु. ७८ करोड ८८ लाख बराबरको बक्यौता तिर्न बाँकी रहेको छ। बारम्बार ताकेता गर्दा पनि तिर्न आनाकानी गरेपछि मंगलबार बिहानबाट उद्योगको विद्युत लाइन काटिएको हो।

नेपाल विद्युत प्राधिकरण हेटौंडाका प्रमुख शिव राज यादवले जानकारी दिँदै भने, “शिवम सिमेन्टले लोडसेडिङ अवधि दौरानको चार्ज र डेडिकेटेड फन्ड लाइनको भुक्तानी नदिएकोले हामी बाध्य भएर लाइन काट्नुपर्‍यो।”

उनका अनुसार उद्योगले लाइन नकाट्न अनुरोध गरे पनि प्राधिकरणले शुल्क नतिरेसम्म लाइन पुनः जोडिने छैन।

“हामीकहाँ सबै उद्योगहरूसँग बराबरी व्यवहार हुन्छ। कोही पनि उद्योग वा निकायलाई बक्यौता तिर्न छूट छैन,” यादवले स्पष्ट पारे।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.