हेटौंडा । नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मकवानपुरको हेटौंडा–१ बस्ने ४६ वर्षीय ऋषि के.बी.लाई नाबालिकामाथि पटक–पटक जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार,पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।उक्त उजुरीका आधारमा मंगलबार के.बी.लाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यससँगै प्रहरीले यस्तो प्रकृतिका अपराधबाट पीडित महिला तथा बालबालिकालाई डर, त्रास वा सामाजिक कारणले मौन नबस्न आग्रह गरेको छ। साथै, यस्ता घटना बारे जुनसुकै माध्यमबाट गोप्य रूपमा सूचना दिन पनि अनुरोध गरेको छ।
प्रतिकृया दिनुहोस्










