सिवम सिमेन्टको धुलो–धुवाँले त्रस्त हेटौंडा बस्ती,स्वास्थ्य मन्त्री पार्टी महाधिवेशनमा व्यस्त

हेटौंडा । हेटौंडा–१६ स्थित शिवम् सिमेन्ट उद्योगबाट निस्कने कालो धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बासिन्दा, विद्यालयका बालबालिका र किसान गम्भीर समस्यामा परेका छन्। उद्योग नजिकको लक्ष्मी आधारभूत विद्यालयमा विद्यार्थी मुख छोपेर पढ्न बाध्य भएका छन् भने उद्योगको बज्र ध्वनीले कक्षा–पठनमै अवरोध सिर्जना हुने गरेको  छ।

स्थानीयका खेतबारीका बाली, घर–आँगन, सुकाइएका कपडासम्म उद्योगका धुलोले ढाकिने गरेको छ। माटोको उर्वरा शक्ति घट्दै गएपछि कृषिमा समेत ठूलो हानी पुगेको किसानहरूको गुनासो छ।

स्थानीय गुनासो बढेपछि ‘सेवा सहयोग र आवाजमा हामी’ संस्थाले प्रभावित क्षेत्रको अनुगमन गर्दै दयनीय अवस्था भेटेको बताएको छ।

 सामाजिक अभियन्ता विशालराज महतका अनुसार बालबालिका दम, एलर्जी तथा श्वासप्रश्वाससम्बन्धी समस्याले ग्रस्त छन् भने खानेपानीसमेत दूषित बन्दै गएको छ।

समस्या सुनाउन मंसिर २३ गते महतसहितको टोली बागमती प्रदेशको स्वास्थ्य तथा उद्योग मन्त्रालय पुगेको थियो। तर मन्त्री र सचिवालयका कर्मचारीहरू नेकपा एमालेको ११ औँ महाधिवेशनका कारण अनुपस्थित रहे। “जनताको पीडा सुनाउने भनेर मन्त्रालय गएका थियौं, तर ‘सबै महाधिवेशनमा व्यस्त छन्, पुस २ वा ३ गते आउनुस्’ भन्ने मात्र जवाफ पाइयो,” महतले आक्रोस व्यक्त गरे।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.