मकवानपुरमा १४ वर्षीया बालिका छिमेकीबाट पाँच वर्षदेखि पटकपटक बलात्कृत

मकवानपुर । मकवानपुरगढी गाउँपालिका-५ मा १४ वर्षीया बालिका आफ्नै छिमेकीबाट पटकपटक बलात्कृत भएको खुलासा भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ६५ वर्षीय डिलनाथ अधिकारीले करिब पाँच वर्षदेखि बालिकालाई नातिनी र छोरीजस्तै माया गर्ने बहानामा ललाइफकाई गर्दै जबर्जस्तीकरणी गर्दै आएका थिए। घरमा कोही नभएको समयमा खानेकुरा दिने बहानामा पटकपटक बलात्कार गरेको प्रहरीको भनाइ छ।

प्रहरीका डिएसपी पुष्कर बोगटीका अनुसार अधिकारीले अन्तिम पटक कार्तिक २० गते जबर्जस्तीकरणी गरेका थिए। उक्त घटनापछि पीडित बालिकाको दाइले मंसिर १४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका हुन्।

उजुरी परेपछि आरोपी डिलनाथ अधिकारी फरार रहेको र उनको खोजी तथा अनुसन्धान कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.