हेटौंडामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौंडा । हेटौंडामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक जिल्ला रुपन्देही बस्ने वर्ष अन्दाजी २८ का जगदिश थारुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मंगलबार दिउँसो करिब ३:२० बजे हेटौंडा–१९ सान्नानटारस्थित पूर्व–पश्चिम सडकखण्डमा दुर्घटना भएको हो। मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको लु.३४ प ४६७५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ख ११७९ नम्बरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा घाइते भएका दाङ, राप्ती गाउँपालिका–६ बस्ने वर्ष २२ का आदित्य चौधरीको दाहिने हात र आँखा मुनि चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिएपछि टिपर हेटौंडा बजारतर्फ फरार भएको थियो। प्रहरीले ठक्कर दिने टिपर र चालक हेटौंडा–१५ भोर्ले बस्ने वर्ष अन्दाजी २६ का रोहित तामाङलाई नियन्त्रणमा लिएको छ। उनलाई प्रहरी चौकी बसामाडीबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.