मकवानपुरमा करेन्ट लागेर एकको मृत्यु

हेटौंडा । मकवानपुरमा बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार दिउँसो करिब ४:३० बजे मकवानपुरगढी गाउँपालिका–२ मोरेस्थित गाउँमा बिजुली विस्तारका लागि ५/६ जना मिलेर फलामको पोल गाड्ने क्रममा उक्त पोल माथिको हाईटेन्सन लाइनमा छोइएपछि करेन्ट लागेको हो।

घटनामा मकवानपुरगढी गाउँपालिका–२ मापुङ बस्ने ३५ वर्षीय राज कुमार गोले गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल लगिएकोमा उपचारकै क्रममा साँझ ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

यसैगरी, मकवानपुरगढी गाउँपालिका–७ सानडाँडा बस्ने ५५ वर्षीय मानबहादुर गोलेको अवस्था मध्यम रहेको छ भने मकवानपुरगढी गाउँपालिका–२ मोरे बस्ने ३० वर्षीय राज कुमार स्याङतान सामान्य घाइते भएका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.