हेटौंडाबाट लागुऔषधसहित एक जना पक्राउ, २१२ किलो गाँजा बरामद

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ भने छुट्टै घटनामा ठूलो मात्रामा गाँजा बरामद गरिएको छ।

आइतबार बिहान११:३० बजे हेटौंडा उपमहानगरपालिका–७, मिलनचोकस्थित सडकमा शंकास्पद रूपमा हिँडिरहेका एक व्यक्तिको प्रहरीले खानतलासी गर्दा अवैध लागुऔषध फेला परेको हो।

प्रहरीका अनुसार हेटौंडा–५ निवासी ३२ वर्षीय समिर महतको साथबाट १० क्याप्सुल ट्रामाडोल र खैरो हेरोइन जस्तो देखिने ४ ग्राम ९६० मिलिग्राम गिलो पदार्थ बरामद गरिएको छ। पक्राउ परेका महतलाई लागुऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोमबार  राति १:५० बजे हेटौंडा उपमहानगरपालिका–३, च्यानडाँडा भित्रि जंगलको बाटोमा गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले २१२ किलो ८६० ग्राम गाँजा बरामद गरेको छ।

प्रहरी टोलीलाई देख्नासाथ गाँजा बोकेका ७–८ जना व्यक्ति गाँजाका भारी त्यही छाडेर जंगलतर्फ फरार भएका थिए। बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि सुरक्षित राखिएको छ भने फरार व्यक्तिहरुको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.