काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनमा सहभागी रहेका जेन–जी युवाहरूलाई घर फर्कन आग्रह गरेका छन् ।
मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उहाँले अब हुने क्षति सबैको साझा हुने उल्लेख गर्दै घर फर्कन अनुरोध गरेका हुन् ।
‘देश तपाईंहरूकै हातमा हो, तपाईंहरूले नै बनाउने हो। अब जति क्षति हुन्छ तपाईं–हाम्रो नै हुने हो। अब घर फर्कनुहोस्,’ मेयर शाहले भनेका छन् ।
उनले आन्दोलनको माग र उद्देश्यलाई शान्तिपूर्ण तरिकाले अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिकृया दिनुहोस्










