१४ लाख बराबरको कपडा र प्रतिबन्धित पटका नियन्त्रणमा

हेटौंडा ।भन्सार छलि गरी ल्याइएको चौधिस लाख बराबरको कपडा र प्रतिबन्धित पटका मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान ४:१० बजे हेटौंडा–१५, रातोमाटे स्थित चार्जिङ स्टेशन अगाडि, पूर्व–पश्चिम राजमार्गमा बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको “मधेस प्रदेश ०३–००१च ९०२३” नम्बरको गाडीलाई शंका लागी रोकेको थियो।

प्रहरी टोलीले गाडी जाँच गर्दा गाडीको पछाडि ढालाभित्र लुकाइ राखिएको भन्सार छलि गरिएको सामग्री फेला पारेको हो। बरामद गरिएको सामग्रीमा १४ लाख रुपैयाँ बराबरको १३० थान साडी, ६९६ थान कुर्था, र १७५ थान टप्स गरी जम्मा १००१ थान कपडा रहेका छन्। साथै, प्रतिबन्धित पटका समेत दुई लाख रुपैयाँ बराबरको फेला परेको प्रहरीको भनाइ छ।

गाडी चालक रौतहट बृन्दाबन नगरपालिका–९ का २० वर्षीय प्रदीप कुमार चौधरी र सोही गाडीमा सवार गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिइएको छ।

प्रहरीले गाडीसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.