जेन्जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

हेटौंडा ।मकवानपुरमा जेन्जी आन्दोलनका क्रममा फरार भएका तीन जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भिमफेदी कारागार तथा बालसुधार गृह हेटौंडाबाट फरार रहेका कैदीहरूलाई  खोजतलासको क्रममा भदौ १७ र १८ गते पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दाका प्रतिवादी जिल्ला मकवानपुर बागमती गाउँपालिका–६ कैलेडाँडा बस्ने ३० वर्षीय मुन्ना स्याङ्तान, लागुऔषध ट्रामाडोल मुद्दाका प्रतिवादी हेटौंडा उपमहानगरपालिका–७ हरियाली बस्ने २२ वर्षीय विशाल गोले तथा बालसुधार गृह हेटौंडाबाट फरार रहेका लागुऔषध ब्राउन सुगर मुद्दाका एक जना बालक रहेका छन्।
पक्राउ परेका सबैलाई पुनः भिमफेदी कारागार र बालसुधार गृह हेटौंडामा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.