मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेतीको अग्रता

 

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता कायम गरेका छन्। प्रारम्भिक मतपरिणामअनुसार उप्रेतीले अन्य प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछाडि पार्दै पहिलो स्थानमा रहन सफल भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म गणना गरिएको ११ हजार ८९७ मतमध्ये उप्रेतीले ४ हजार ३६६ मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसका उम्मेदवार बुद्ध लामा २ हजार २०७ मतसहित दोस्रो स्थानमा रहेका छन् भने नेकपा एमालेका महेश कुमार बर्तौलाले १ हजार ९५० मत ल्याउँदै तेस्रो स्थानमा छन्।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका लवशेर विष्टले १ हजार ९११ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा कुल ९२ हजार २४१ मत खसेकोमध्ये हालसम्म ११ हजार ८९७ मत मात्र गणना भएको छ भने ७९ हजार ३४४ मत गणना हुन बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.