मकवानपुरमा ओभरलोड ट्रक र ट्रिपरमाथि कडा कारबाहीको निर्देशन

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले ओभरलोड बोकेर सञ्चालनमा रहेका ट्रक तथा ट्रिपरमाथि कडा कारबाही गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।

बिहीबार जारी गरिएको पत्रमा जिल्लाभित्र सञ्चालन हुने मालवाहक सवारी साधनहरूले तोकिएको भारभन्दा बढी सामग्री बोक्ने तथा ढुङ्गा–गिट्टी ढुवानी गर्दा पालना गर्नुपर्ने मापदण्ड उल्लंघन गर्ने क्रम अझै जारी रहेको उल्लेख गरिएको छ। प्रशासनका अनुसार यस्ता गतिविधि नियन्त्रण गर्न पटक–पटक मौखिक अनुरोध गरिए पनि अटेरी हुँदै आएको छ।

गृह मन्त्रालयबाट समेत कडाइका साथ नियन्त्रण गर्न निर्देशन प्राप्त भएको जनाउँदै प्रशासनले ओभरलोड बोक्ने, त्रिपालले सामग्री नढाक्ने तथा मापदण्ड विपरीत ढुवानी गर्ने सवारी साधनलाई तत्काल कडा कारबाही गर्न ट्राफिक प्रहरीलाई आग्रह गरेको छ।

यसका साथै दैनिक रूपमा गरिएका कारबाहीको विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउन पनि निर्देशन दिइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.