हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भदौ ८ गते सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा सचिव रामकुमार पौडेलले सूचना जारी गर्दै प्रदेशसभाको आठौँ अधिवेशनको १८औँ बैठक भदौ ८ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी दिएका छन् । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सभामुखले बैठकको मिति र समय निर्धारण गरेका हुन् ।
बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।मुख्यमन्त्रीमा नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापामगरले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
एमाले, नेकपा र राप्रपाको समर्थनमा भदौ ४ गते बिहीबार थापामगर बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिकृया दिनुहोस्









