मकवानपुर । लागूऔषध ओनेरेक्स र नाइट्राजेपामसहित दुई जना व्यक्तिलाई प्रहरीले मकवानपुरको हेटौंडाबाट पक्राउ गरेको छ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे क्षेत्रमा सवारी साधन चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो।
पक्राउ परेकाहरुमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–४ घर भई हाल हेटौंडा–५ मा बसोबास गर्दै आएका २९ वर्षीय अब्दुल अंसारी र मकवानपुर बकैया गाउँपालिका–४ छतिवन घर भई हाल हेटौंडा–५ सानोपोखरामा बसोबास गर्दै आएका ३७ वर्षीय दीपक संजेल छन्।
ना. ५२ प ४०५८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंका लागी रोकी चेकजाँच गर्दा मोटरसाइकलको सिट मुनी लुकाएर राखिएको अवस्थामा प्रतिबन्धित लागूऔषध ओनेक्स १०० एमएल का २५ बोतल र NITRAZEPAM १० एम जि का ९० ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद लागूऔषध र मोटरसाइकलसहित दुवै अभियुक्तलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।









