हेटौंडा – लामो समयदेखि सामाजिक सेवामा क्रियाशील सामाजिक संस्था सहयोगी मन नेपालले पत्रकार महासंघ मकवानपुरलाई स्वास्थ्य उपकरण प्रदान गरेको छ।
आज एक कार्यक्रमका बीच महासंघका अध्यक्ष बालकृष्ण अधिकारी र सचिव केशव सुवेदीलाई मान्युअल ब्लडप्रेसर मोनिटर हस्तान्तरण गरिएको हो। उक्त उपकरण अधिकारीलाई प्रदान गरिएको भए पनि सम्पूर्ण सञ्चारकर्मीहरूको उपयोगका लागि रहेको स्पष्ट गरिएको छ।
संस्थाका अध्यक्ष केदार प्रसाद चौलागाईंका अनुसार, “पत्रकारहरूलाई स-साना स्वास्थ्य जाँचका लागि पनि मेडिकल जानु नपरोस् भन्ने उद्देश्यले प्रेसर जाँच्ने मेसिन प्रदान गरिएको हो।”
उक्त सहयोगले पत्रकारहरूलाई स्वास्थ्य सचेत रहन सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतिकृया दिनुहोस्










