स्वार्थी संसारमा जन्म लिएँ,
बिग्रियो मेरो जिन्दगी।
कर्म नै खोटो रहेछ,
भत्कियो मेरो जिन्दगी।
फक्रिएको फूलझैँ एक दिन,
झर्यो मेरो जिन्दगी।
“आज-भोलि” भन्दै-भन्दै,
सकिन गयो जिन्दगी।
समय हुँदा खाएँ, खेलेँ,
समयको मूल्य बुझिनँ।
दिन ढल्दै जाँदा अँध्यारो छायो,
खै के हो यो जिन्दगी?
बालापन, जवानी हुँदै
आयो बुढ्यौली जिन्दगी।
रोग, भोग र शोकसँगै
घाटमै पुग्ने जिन्दगी।
बुढ्यौलीमा रङ घस्दै,
कुरूप बन्दै जिन्दगी।
संघर्षकै मैदानभित्र,
लुकेको यथार्थ जिन्दगी।
(लेखक हिमराइट्स मकवानपुरकी संयोजक कुमारी वाइबा हुन् ।)
प्रतिकृया दिनुहोस्











