आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने भएपछि अबदेखि प्रदेश र स्थानीय तहको चुनाव अलग–अलग हुने भएको छ। २०७४ र २०७९ मा भने तीनै तहको चुनाव एउटै समयमा भएको थियो।
यसपटक प्रतिनिधि सभा चुनावअघि प्रदेश र स्थानीय तहलाई आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न दिने भएकाले प्रदेशको चुनाव २०८४ मंसिरतिर र स्थानीय तहको चुनाव सो वर्षको वैशाख अन्तिमतिर हुने छ।फागुनमा हुने प्रतिनिधि सभाको नयाँ कार्यकाल २०८७ सम्म रहनेछ र त्यही सरकारबाट प्रदेश तथा स्थानीय तहको निर्वाचन गराइनेछ।जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई अन्तरिम सरकार बनेको र त्यसकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ का लागि चुनाव मिति घोषणा गरेको हो।
निर्वाचन आयोगका अनुसार अब तीन तहको चुनाव तीन चरणमै हुने निश्चित भएको छ।
प्रतिकृया दिनुहोस्










