हेटौँडा । हेटौँडा–५ सानोपोखरा, बुद्धपाथस्थित सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय मा शुक्रबार सम्पन्न विद्यार्थी नेतृत्व निर्वाचनबाट विद्यालय कप्तानसहित विभिन्न हाउसका कप्तान तथा उपकप्तान चयन भएका छन्। निर्वाचनमा कुल ४३१ विद्यार्थीले मतदान गरेका थिए।
प्रधानाध्यापक निर्मल पराजुलीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धराज अर्याल, बागमती प्रदेशका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद हकाल, निर्वाचन कार्यालयका लेखापाल अम्बिका मिश्र (न्यौपाने), लालखबर डटकमका सम्पादक राजकुमार के.सी., समृद्ध समाज दैनिकका प्रकाशक सुरेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिकी सदस्य रजिता के.सी., हेटौँडा उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सुसिल घिमिरे, वडा सदस्य रामबहादुर राई, सहायक प्रधानाध्यापक केदारनाथ न्यौपाने तथा सूचना अधिकृत कुशहरी तिमिल्सिनालगायत शिक्षक–शिक्षिका, अभिभावक, समाजसेवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालय कप्तान (बालक) पदमा शिशिर बस्नेत निर्विरोध निर्वाचित भएका छन् भने विद्यालय कप्तान (बालिका) पदमा कृषा आईओ २१३ मतसहित विजयी भइन्। उक्त पदका लागि दीक्षा ढकालले ९५, आफ्सा हुसैनले ८५ तथा रिवानी अधिकारीले ३८ मत प्राप्त गरेका थिए।
त्यस्तै विद्यालय उपकप्तान (बालक) पदमा विपुलराज चौधरी २५९ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी सिमित तिमल्सिनाले १२३ तथा सार्थक अधिकारीले ४९ मत प्राप्त गरेका थिए। विद्यालय उपकप्तान (बालिका) पदमा पूर्णिमा दुलाल १८६ मतसहित विजयी हुँदा अनुका मगरले १४७ तथा प्रतिज्ञा शर्माले ९८ मत प्राप्त गरेकी थिइन्।
रेड हाउसतर्फ कुल ११२ मत खसेको थियो। हाउस कप्तानमा केयुर न्यौपाने ४४ मतसहित विजयी हुँदा क्रिश सेन्चुरीले ३२, पाल्देन घालानले २६ तथा राज आर्यन जैसवालले १० मत प्राप्त गरे। उपकप्तानमा ऋषभ चिमरिया ४६ मतसहित निर्वाचित भए भने जस्मिन खातुन र जेम्स कार्कीले समान २६–२६ मत, आरोनराज बैद्यले ११ तथा श्रेष्ठ प्रधानले ३ मत प्राप्त गरे।
ब्लु हाउसमा कुल ११३ मत खसेको थियो। कप्तान पदमा यानो चौधरी १०४ मतसहित विजयी हुँदा प्रथम चौलागाइँले ९ मत प्राप्त गरे। उपकप्तानमा निखिल यादव ४४ मतसहित निर्वाचित भए भने आश्रय घिमिरे र आरुष चौधरीले समान २२–२२ मत, समृद्धि अर्यालले ११, प्रतिभा शर्माले ६, आलिशा शर्माले ६ तथा आयुषा गौतमले २ मत प्राप्त गरे।
ग्रिन हाउसमा कुल ९९ मत खसेको थियो। कप्तान पदमा एरिका खरेल ६४ मतसहित विजयी हुँदा रिया दाहालले ३५ मत प्राप्त गरिन्। उपकप्तानमा सन्सिला थापा ३१ मतसहित निर्वाचित भइन् भने आयुष कुँवरले २७, युजल न्यौपानेले १५, समर सापकोटाले १३, मोलिना भुजेलले ८ तथा साक्षी थापाले ५ मत प्राप्त गरे।
येलो हाउसमा कुल १०७ मत खसेको थियो। कप्तान पदमा आकृति गोले ७४ मतसहित विजयी हुँदा एन्जेल श्रेष्ठले ३३ मत प्राप्त गरिन्। उपकप्तानमा प्रगनी गोले ४९ मतसहित निर्वाचित भइन् भने दीक्षिता दासले २४, तेजस्वी दाहालले १७ तथा साक्षिका राईले १७ मत प्राप्त गरे।
निर्वाचन समितिका अनुसार विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यास, नेतृत्व क्षमता तथा जिम्मेवारी भावना विकास गर्ने उद्देश्यले निर्वाचन आयोजना गरिएको हो। निर्वाचित विद्यार्थी नेतृत्वले शैक्षिक सत्र २०८३ भर विद्यालयका शैक्षिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।









