हेटौंडा । ३९औँ अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सञ्चालन गरेको सप्ताहव्यापी अभियान सम्पन्न भएको छ।
अभियानको समापनमा रिकभरिङ नेपाल बागमती प्रदेश र गैरसरकारी संस्था महासंघ मकवानपुरको संयुक्त आयोजनामा दीप प्रज्वलन कार्यक्रम गरिएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान प्रमुख अतिथि तथा हेटौंडा–१० का वडा अध्यक्ष फुर्बा दोर्जे लामा विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा विभिन्न पुनःस्थापना केन्द्र, सामाजिक संस्था, सुरक्षाकर्मी, पत्रकार तथा सामाजिक अगुवाहरूको सहभागिता थियो। सहभागीहरूले लागू औषध नियन्त्रणका लागि कानुनी कारबाहीसँगै जनचेतना, उपचार र सामाजिक सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
प्रतिकृया दिनुहोस्









