हेटौँडा । जनसेवक कर्मचारी उपभोक्ता सहकारी संस्था लिमिटेडको १८औँ साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले दिर्घ नारायण भट्टराईको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा जयराम धिताल, सचिवमा मैयादेवी लामा र कोषाध्यक्षमा हरि खड्का चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा कृतिका आचार्य, ध्रुवप्रसाद लामिछाने, दीपा बुढाथोकी, मनोज सुवेदी र विनोद चौलागाईं चयन भएका छन् ।
अधिवेशनले संजय कुमार न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि सर्वसम्मत चयन गरेको छ। समितिको सदस्यमा अमर लामा र सृजना रिमाल रहेका छन् ।
प्रतिकृया दिनुहोस्








