दलीय व्यवस्थामा व्यक्ति होइन, संस्था प्रधान हुन्छ !

हेटौंडा । दलहरू आफ्ना चुनाव चिह्नसहित निर्वाचनमा सहभागी हुन्छन्। उम्मेदवारहरू पार्टीको झण्डा र चुनाव चिह्न लिएर जनताको बीचमा मत माग्न पुग्छन्। उनीहरू दलका प्रतिनिधिका रूपमा निर्वाचनमा प्रतिस्पर्धा गर्छन् र निर्वाचित भएपछि जनप्रतिनिधिको जिम्मेवारी निर्वाह गर्छन्।

उम्मेदवारहरू दलको घोषणापत्रसहित जनतामाझ पुग्छन्। घोषणापत्रमा उल्लेखित प्रतिबद्धता र जनतासँग गरिएका वाचाअनुसार काम गर्नु उनीहरूको दायित्व हुन्छ। यस अर्थमा व्यक्ति दलको प्रतिनिधि हो भने दल एउटा संस्थागत राजनीतिक पहिचान र विचारको प्रतिनिधि हो।

वास्तवमा दलीय व्यवस्थामा व्यक्ति संस्थाभन्दा माथि हुँदैन। संस्थाको नीति, विचार, मार्गदर्शन र सामूहिक उद्देश्यको मातहतमा रहेर व्यक्तिले भूमिका निर्वाह गर्छ। जनप्रतिनिधिले गरेका काम, व्यवहार र कार्यसम्पादनका आधारमा सम्बन्धित दलको मूल्याङ्कन हुन्छ र हुनुपर्छ। जनप्रतिनिधि नेतृत्व गर्ने पात्र हुन् भने उनीहरूको राजनीतिक मार्गदर्शन गर्ने संस्थागत आधार दल हो।

विकास साझा विषय हो। विकासका मुद्दा पनि साझा हुन्छन्। ती साझा मुद्दाहरूलाई सम्बोधन गर्न सबै जनप्रतिनिधि क्रियाशील हुनुपर्छ। जनताका आवश्यकता, अपेक्षा र सरोकार नै दलका राजनीतिक विषय हुन्। जनताको हित र सेवाभन्दा माथि कुनै व्यक्तिगत स्वार्थ हुन सक्दैन। त्यसैले दलीय व्यवस्थामा व्यक्ति होइन, संस्थागत कार्य प्रधान हुन्छ। व्यक्ति होइन, विचार, नीति, सिद्धान्त, प्रतिबद्धता र सामूहिक कार्यसम्पादन महत्त्वपूर्ण हुन्छ।

हामी गर्वका साथ भन्छौँ,हामी एमाले हौँ। हामी एमालेहरू जनताका सेवक हौँ। हाम्रो पहिचान हाम्रा विचार, व्यवहार, कार्यशैली र जनताप्रतिको जिम्मेवारीबाट स्थापित हुनुपर्छ। हामी आफ्ना काम र व्यवहारबाट उत्कृष्टता प्रदर्शन गर्नेछौँ।
व्यक्ति होइन, संस्था प्रधान !
कुरा होइन, काम प्रधान !
व्यक्तिगत स्वार्थ होइन, जनताको हित प्रधान !

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.