हेटौंडा–१० मा ‘जे एण्ड बी बार टेण्डिङ स्कुल’ सञ्चालनमा आएको छ। युवा उद्यमी दिपक क्षेत्रीको पहलमा स्थापना गरिएको स्कुलको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले बुधबार गरेकी हुन्।
उद्घाटनमा मेयर लामाले विदेशबाट फर्केका युवालाई सीपमूलक तालिममार्फत स्वरोजगारमा जोड्ने प्रयास सराहनीय रहेको बताइन्। उनले युवामैत्री कार्यक्रमलाई सधैं प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाइन्।
कार्यक्रममा उद्योग वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसाल र उद्योग वाणिज्य संघ मकवानपुरका सभापति प्रमोद सिंह रानाभाटले स्कुलले दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
विगत आठ वर्षदेखि कफि व्यवसायमा सक्रिय क्षेत्रीले चारवटा शाखा सञ्चालनमा ल्याइसकेका छन्। उनका अनुसार स्कुलले बारिस्टा तालिम प्रदान गरी युवालाई रोजगारी तथा व्यवसायमा अघि बढ्न सहयोग गर्नेछ।










