हाम्रो घर बालगृहमा नयाँ नेतृत्व: अध्यक्षमा इन्दिरा डल्लाकोटी निर्वाचित

हेटौंडा । हेटौंडा–५ स्थित सिचाइँ टोलमा अवस्थित हाम्रो घर बालगृहको अध्यक्षमा इन्दिरा डल्लाकोटी सर्वसम्मत निर्वाचित भएकी छन्। ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरद्वारा सञ्चालित बालगृहको शनिबार  सम्पन्न १७ औं अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको हो।

नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा रिता कुमारी घिमिरे, सचिवमा टीका कुमारी पराजुली, कोषाध्यक्षमा गिता गौतम, सह–सचिवमा सम्झना ढकाल चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा सुबिना दोङ, बिमला भट्टराई, सानुमाया रायमाझी र इन्दिरा अधिकारी निर्वाचित भएका छन्।

सल्लाहकार पदमा डा. हरि खड्का, अधिवक्ता कृष्ण प्रसाद छतकुली र सिताराम बर्तौला चयन भएका छन्। कुल १३ जनाले उम्मेदवारी दिएकोमा ९ जना कार्यसमितिमा निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतका रूपमा सारदा कडेँल, कृष्ण प्रसाद घिमिरे र सीता कुमारी न्यौपानेले निर्वाचन प्रक्रिया सम्पन्न गराएका थिए।

२०६५ सालमा ८ जना बालबालिकासँग सुरुवात गरिएको हाम्रो घर बालगृहमा हाल २७ जना बालबालिका आश्रित छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.