फ्रेस मसला प्याक लक्की ड्रमा सन्जु मोक्तान विजेता

हेटौंडा — कन्चन्जङ्घा प्याकेजिङ एन्ड डिष्टृव्युटरस प्रा. लि.ले दशैंको अवसरमा आयोजना गरेको ‘फ्रेस मसला फेस्टिबल प्याक’ लक्की ड्रको पहिलो हप्ता सम्पन्न भएको छ। हेटौंडाको रोयल पार्टी प्यालेसमा भएको कार्यक्रममा SFM00384 नम्बरको कुपन भएका सन्जु मोक्तान ३० के.जि.को खसी जित्न सफल भए।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद सिंह रानाभाट तथा पत्रकार महासंघ अध्यक्ष बालकृष्ण अधिकारीको उपस्थिति थियो।

अध्यक्ष आयुष डोटेलले टिकटक भिडियोमार्फत सहभागिता जनाउनेमध्ये सर्वाधिक भ्युज ल्याउने एक जनालाई आगामी असोज १५ गते रु १०,०००।– पुरस्कार दिने घोषणा गरे। दोस्रो हप्ताको लक्की ड्र २०८२ भाद्र २८ गते हुनेछ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.