हेटौंडा । लागूऔषध कारोबार विरुद्ध चलाइएको विशेष अभियान अन्तर्गत मकवानपुर प्रहरीले दुई फरक घटनामा ३ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार २१ गते साँझ ५ बजे तिर, हेटौंडा –११ थानाभर्याङस्थित गुम्बाटोलमा शंकास्पद अवस्थामा बसिरहेका दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई तलासी गर्दा ४ ग्राम ३३० मिलिग्राम खेरो हेरोइन फेला परेको हो। पक्राउ पर्नेहरूमा हेटौंडा–११ निवासी ३७ वर्षीय संजिव वाईबा र हेटौंडा–१, चौकीटोल निवासी २८ वर्षीय निखिल गोले लामा रहेका छन्।
उनीहरूलाई लागूऔषध कसुरअन्तर्गत म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै २२ गते बिहान ७:३० बजे, हेटौंडा–४ स्थित ओम्याक्स हल अगाडि शंकास्पद रूपमा हिँडिरहेका व्यक्तिको खानतलासी गर्दा २ किलो ८९० ग्राम अफिम फेला परेको थियो ।
पक्राउ पर्ने व्यक्ति मकवानपुरको कैलाश गाउँपालिका–१ निवासी ४८ वर्षीय जंग थिङ रहेका छन्।
तिनैजनालाई लागूऔषध मुद्दामा अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










