भीमफेदी कारागारबाट २६० कैदी फरार, २३० पुनः नियन्त्रणमा

मकवानपुर । वानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट सोमबार राति २६० जना कैदी फरार भएका छन्।

कारागार प्रमुख सुवास पौडेलका अनुसार राति १२:५५ बजे ‘क’ ब्लकमा रहेका कैदीबन्दीहरूले तीन वटा गेट फुटाएर भाग्ने प्रयास गरेका थिए। त्यसपछि पश्चिमतर्फको पर्खाल भत्काएर २६० जना कैदी बाहिर निस्किएका हुन्। सो ब्लकमा ५ सयभन्दा बढी कैदी थिए।

भागेका मध्ये करिब २३० जनालाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिई पुनः कारागार फर्काइएको छ।

भाग्ने क्रममा सुरक्षाकर्मी र कैदीबन्दीबीच झन्डै ४ घण्टासम्म झडप भएको थियो। सेनाले स्थिति नियन्त्रणमा लिन २०० राउन्ड हवाई फायर गरेको कारागार प्रमुख पौडेलले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले पनि २ राउन्ड हवाई फायर र अश्रुग्यास प्रयोग गरेको थियो।

झडपका क्रममा कारागारको गाडी लिएर भाग्ने प्रयास गर्दा टायरमा गोली चलाउँदा दुई कैदी घाइते भएका छन्। उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

कैदीबन्दीहरूले कारागारभित्र तोडफोड र आगजनीसमेत गरेका छन्। यद्यपि, कारागारको अर्को ‘ख’ ब्लक भने सुरक्षित रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.