हेटौंडा बुद्धचोकमा दीप प्रज्वलन, जेन-जि आन्दोलनका सहिदहरूलाई श्रद्धाञ्जली

हेटौंडा । जेन-जि आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा सोमबार साँझ हेटौंडास्थित बुद्धचोकमा दीप प्रज्वलन गरिएको छ। गैरसरकारी महासंघ मकवानपुरको आयोजनामा तथा जिल्लाका सम्पूर्ण नागरिक समाजको सहभागितामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै गैरसरकारी महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले आन्दोलनमा ज्यान गुमाउने सबैलाई सहिद घोषणा गर्नुपर्ने माग राखिन्। साथै, उनले घटनामा संलग्न अपराधीहरूलाई कारबाही गर्न र पोसाकमा रहेका विद्यार्थीमाथि गोली चलाएको घटनाको गम्भीर छानबिन हुनुपर्ने माग गरिन्। घाइतेको निःशुल्क उपचार सुनिश्चित गर्न पनि उनले जोड दिइन्।

दीप प्रज्वलन कार्यक्रममा नागरिक समाजका सबै तह र तप्काका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.