जेन-जि आन्दोलनमा लुटिएको सरकारी सम्पत्ति फिर्ता, सम्बन्धित कार्यालयलाई हस्तान्तरण

हेटौंडा। जेन- जि आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयहरूबाट लुटपाट र चोरी गरी लगिएका सामग्रीहरू प्रहरीद्वारा बरामद गरेर आज सम्बन्धित कार्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

भदौ २४ गतेको आन्दोलनपछि हराएका सामग्रीहरू जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी टोलीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो। सोही सामग्रीहरू ३१ गते सम्बन्धित कार्यालयका प्रतिनिधिहरूलाई जिल्ला प्रहरी कार्यालयमा बोलाई पहिचान तथा प्रमाणिकरण गरी बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

फिर्ता गरिएका सामग्रीहरूको विवरण यसप्रकार छ:

१. मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
कम्प्युटर सेट – ४ थान,दराज – ३ थान,प्रिन्टर – ३ थान,हार्ड डिस्क – १ थान,फोटोकपी मेसिन – १ थान,इनभर्टर – १ थान,कुर्सी – ६ थान,स्पिकर सेट – २ थान,कचौरा र प्लेट सेट – ३१ थान,पंखा – १ थान,ब्याट्री – ४ थान,फ्रिज – १ थान
२. बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, हेटौंडा:
कम्प्युटर सेट – ३ थान,ल्यापटप – १ थान,टुल (कुर्सी) – ९ थान,इन्डक्सन चुलो – १ थान

३. बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, हेटौंडा:
कम्प्युटर सेट – ५ थान,प्रिन्टर – १ थान,कुर्सी – ३ थान
र्याक – १ थान,इलेक्ट्रिक जग – १ थान

प्रहरी कार्यालयले अन्य चोरी वा लुटिएका सामग्रीको खोजी तथा अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.