सिआन पुनर्स्थापना केन्द्रको ९औं साधारणसभा सम्पन्न

हेटौंडा । हेटौंडा-९ लामसुरेहाइटस्थित सिआन पुनर्स्थापना केन्द्रको  ९ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका निर्देशक सौजन डिसीको नशामुक्तिको १०औं वर्ष समेत उत्सवका रूपमा मनाइएको थियो।

आर्थिक वर्ष २०८१/८२ मा केन्द्रले १६८ जना सेवाग्राहीलाई उपचार तथा पुनर्स्थापना सेवा प्रदान गरेको थियो। सो अवधिमा केन्द्रको कुल आम्दानी ९४ लाख १४ हजार रुपैयाँ रहँदा, ९२ लाख ७६ हजार रुपैयाँ खर्च भई १ लाख ३७ हजार रुपैयाँ बचत गर्न सफल भएको कोषाध्यक्ष मन छेत्रीले जानकारी दिइन्।

केन्द्रले मादक पदार्थ दुरुपयोग विरुद्ध जनचेतना, सिप विकास, थेरापी, परामर्श, कृषि तथा पशुपालनजस्ता कार्यक्रम सञ्चालन गर्दै सेवाग्राहीलाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको जनाएको छ।

केन्द्रले आगामी वर्षका लागि लक्षित समूहमा सचेतना अभियान, थेरापी सत्र, अनलाइन परामर्श, ट्र्याकिङ, योगा, तथा मानसिक स्वास्थ्य सुधारमूलक कार्यक्रमहरूलाई प्राथमिकता दिने बताएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.