४४ औं अन्तर्राष्ट्रिय शान्ति दिवसमा हेटौंडामा दीप प्रज्वलन तथा शान्ति विषयक छलफल

हेटौंडा। ४४ औं अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा हेटौंडामा दीप प्रज्वलन तथा शान्ति विषयक विशेष छलफल कार्यक्रम सम्पन्न गरिएको छ।
मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरद्वारा कुर्वे वस्ट्रको सहयोगमा शनिबार हेटौंडा–११ स्थित बुद्धचोकमा दीप प्रज्वलन गरिएको हो। यसपछि समूहको आफ्नै भवनमा “शान्ति बिना विकास सम्भव छैन” भन्ने नाराका साथ शान्ति विषयक छलफल कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा मकवानपुरका १९ वटै वडाबाट आएका एकल महिलाका प्रतिनिधिहरू, जनयुद्धका पीडित परिवारका सदस्यहरू, विभिन्न सामाजिक अभियनता तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

समूहकी अध्यक्ष शारदा चौलागाईं, अधिवक्ता तथा सल्लाहकार अप्सरा बस्नेत, समाजसेवी निलम बजगाइ (देवकोटा) लगायतले मन्तव्य राख्दै आजको सन्दर्भमा शान्तिको महत्व र आवश्यकता औंल्याएका थिए।

विशेषगरी जेन जि आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा तेरौँ दिनको अवसर पारेर दीप प्रज्वलन गरिएको आयोजकहरूले बताएका छन्। साथै, १० वर्षे जनयुद्धमा सहादत प्राप्त गरेका सहिदहरूको पनि स्मरण गरिएको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.