नेता भेटवालको आक्रोश : अनुशासन, कानुन र संवेदनाको अभाव छ देशमा

हेटौंडा । सिंहदरबारअगाडि जारी जेनजी आन्दोलनले थप राजनीतिक ताप लिँदै गएका बेला नेपाली तरुण दलका केन्द्रिय सदस्य एवं नेपाली काङ्ग्रेस पाटीका महासमिती सदस्य राजेश भेटवालले सामाजिक सञ्जालमार्फत तीव्र आक्रोश व्यक्त गरेका छन्।

आन्दोलनकारीहरूले प्रधानमन्त्री कार्यालयअगाडि नाराबाजी गरिरहेका बेला भेटुवालले फेसबुकमा लेखेको एक स्ट्याटस अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ। उनले देशमा अनुशासन, कानुन र सामाजिक संवेदनाको अभावप्रति असन्तुष्टि जनाउँदै कडा भाषा प्रयोग गरेका छन्।

उनले लेखेका छन्, “देश त मु… यस्तो भयो कि जुन ट्यापे आएर जताबाट पड्काए पनि हुने भो, धिक्कार छ!” भेटुवालले अर्को स्ट्याटसमा भनेका छन्, “थाइल्याण्डको अड्डा भन्दा पनि चर्को भो, छि… बिचरा मेरो देश!” उनका यी भनाइहरू आन्दोलनको शैली र सन्दर्भमाथि मात्र होइन, राज्य संयन्त्र, सरकारको कमजोरी, र सामाजिक संरचनाको विकृतिप्रति पनि लक्षित देखिन्छ।

जेनजी आन्दोलन अन्तर्गत प्रधानमन्त्री कार्यालयअगाडि भइरहेको विरोध कार्यक्रममा घाइतेहरू समेत सहभागी थिए। उनीहरूले सरकार र हालका एकीकृत कमान्ड संयन्त्रका प्रमुख सुदन गुरुङविरुद्ध नाराबाजी गर्दै न्यायको माग गरेका थिए।

राजनीतिक विश्लेषकहरूका अनुसार, भेटुवालको अभिव्यक्तिले अहिलेको राजनीतिक, सामाजिक र प्रशासनिक अवस्थाप्रति युवा नेताहरूमा रहेको गहिरो निराशा र असन्तोष झल्काउँछ। तर उनीहरू भन्छन् – नेतृत्व तहमा रहेका व्यक्तिले अभिव्यक्तिको शैलीमा थप परिपक्वता देखाउन आवश्यक हुन्छ।

राजेश भेटुवालको तीव्र आक्रोश देशको विद्यमान अवस्थाप्रति असन्तुष्ट नागरिक आवाजको एउटा स्वर हो। आन्दोलन र सरकारबीचको टकराव चुलिँदै जाँदा, यस्ता अभिव्यक्तिहरूले जनभावनाको प्रतिनिधित्व त गर्छन्, तर भाषिक संयमता र सामाजिक उत्तरदायित्वको सवाल भने उस्तै रहन्छ।

 

 

 

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.