मकवानपुर । मकवानपुर प्रहरीले प्रतिबन्धित पटकाजन्य पदार्थसहित एक यात्रुबाहक गाडी नियन्त्रणमा लिएको छ।
बुधबार साँझ करिब ६ बजे, हेटौंडा–१५ रातोमाटे चेकपोइन्टमा चेकजाँचमा खटिएको प्रहरी टोलीले बिरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७५५ नम्बरको ईभी (इलेक्ट्रिक भ्यान) गाडी जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरिएको हो।
गाडीको छतमा लुकाई छिपाई राखिएको ५०,००० रुपैयाँ बराबरको ५०० प्याकेट प्रतिबन्धित पटकाजन्य पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
बरामद गरिएको पदार्थसहित गाडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्









