जेन-जि आन्दोलनका सहिदहरूको सम्झनामा रास्वपाद्वारा श्रद्धाञ्जली सभा

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौंडा नगर कमिटीले जेन-जि आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

बिहीबार साँझ हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रम एक महिनाअघि भएको आन्दोलनको स्मृतिमा राखिएको थियो। कार्यक्रममा सहिदहरूप्रति श्रद्धा अर्पण गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो।

नगर कमिटी उपसभापति हरि बहादुर कुँवरको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा रास्वपाका पूर्व सांसद बिन्दबासिनी कंसाकार, जिल्ला सल्लाहकार विष्णु दाहाल, किशोर अर्याललगायत नगर कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

रास्वपाले जनताका मुद्दा उठाउँदै सामाजिक न्याय र परिवर्तनको पक्षमा निरन्तर आवाज उठाइरहेको सन्देश कार्यक्रममार्फत दिइएको थियो।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.