हेटौँडामा लङ्गुरबुर्जा खेलिरहेका पाँच जना पक्राउ

हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाको नमुना चोकबाट लङ्गुरबुर्जा खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ। बिहीबार राति हेटौँडा उपमहानगरपालिका–८ स्थित नमुना चोकमा जुवा खेलिरहेका व्यक्तिहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा हेटौँडा–८ निवासी २७ वर्षीय रामकृष्ण मैनाली, मकवानपुरगढी गाउँपालिका–४ घर भई हाल हेटौँडा–५ बस्ने ४२ वर्षीय दिपक अर्याल, हेटौँडा–१७ घर भई हाल हेटौँडा–१५ बस्ने २६ वर्षीय विजय लामा, हेटौँडा–९ घर भई हाल हेटौँडा–८ बस्ने ३९ वर्षीय सुरेन्द्र अधिकारी र बागमती गाउँपालिका–८ घर भई हाल हेटौँडा–८ बस्ने ३१ वर्षीय अर्जुन तामाङ  रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिँदा लङ्गुरबुर्जाको गट्टी र खालको एक सेट ३ लाख ९ हजार ६५ नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका  अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.