प्रेम सेवा समाजमा पुनः स्याङ्तान चयन

कैलाश । मकवानपुरको कैलाश गाउँपालिकालाई कार्य क्षेत्र बनाई स्वास्थ्य र सरसफाई क्षेत्रमा काम गर्दै आइरहेको प्रेम सेवा समाजको अध्यक्षमा पुनः मीरा स्याङ्तान चयन भएकी छिन् । विहीबार भएको १५ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशनले स्याङ्तानको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।
समाजको उपाध्यक्षमा दलमान गुरुङ, सचिवमा रामसिं प्रजा, सहसचिवमा निरोज घलान, कोषाध्यक्षमा सुन्तली सुनुवार चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा सुदीप जिम्बा, एलिसा तितुङ, मैयाँ रुम्बा, देवीलाल प्रजा चयन भएका हुन् ।
संस्थाका अध्यक्ष स्याङ्तानको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सभा भएको थियो । कार्यक्रममा अध्यक्ष मुक्तानले गाउँपालिकाभित्र स्वास्थ्य र सरसफाइको क्षेत्रमा काम गर्दै आइरहेकोप्रति संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । गाउँपालिकाले साझेदारीको रुपमा विभिन्न संघसंस्थासँगको सहकार्यमा काम गर्दै अघि बढिरहेको अवस्थामा प्रेम सेवा समाजले स्वास्थ्य क्षेत्र, एम्बुलेन्स सेवा र आमा समूहमा गरिएको परिचालन मनन् योग्य रहेको बताए ।
गाउँपालिकाले स्वास्थ्य र शिक्षाका साथै खानेपानी, सरसफाईका क्षेत्रमा विभिन्न संस्थासँगको सहकार्यमा काम गर्दै आइरहेको अवस्था छ । भौगोलिक विकटताका कारण पनि सबै क्षेत्रमा काम गर्न समस्या रहेको उनले बताए ।
सभामा संस्थाका कार्यक्रम संयोजक उद्धव बहादुर चेपाङले वार्षिक प्रगति प्रतिवेदनका साथै आर्थिक कारोबारको प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । संस्थाले आमा र बच्चाको स्वास्थ्यका साथै एम्बुलेन्स सेवा प्रवाह गर्दै आइरहेको छ । स्वास्थ्य सम्बन्धी कार्यक्रम, सरसफाइ तथा स्वच्छता सम्बन्धी, जिविकोपार्जन सुधार कार्यक्रम र सशक्तीकरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको संयोजक चेपाङले बताए ।
सभामा वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, वडा ३ का अध्यक्ष देवलाल बल, वडा ७ का अध्यक्ष उदासकुमार भोलन, कार्यपालिका सदस्य सुन्तली सुनुवार, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तीलकप्रसाद गौतम, सिडिपिएनका कार्यक्रम संयोजक दिलबहादुर गोले, सांग्रीला डेभलपमेन्ट एशोसिएसनका धनबहादुर मोक्तान, शान्ति नेपाल संस्थाका कार्यकारी निर्देशक पिआर शर्मा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.