मकवानपुर । आज बिहान करिब ६:५५ बजेको समयमा मकवानपुर जिल्लाको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथ सडक खण्डमा बाटो माथिबाट ठूला ढुङ्गा खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
घटनाको जानकारी प्राप्त भएलगत्तै अस्थायी प्रहरी पोष्ट जितपुरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। सडक पुनः सञ्चालनका लागि स्थानीय निकायसँग समन्वय गरी ढुङ्गा हटाउने कार्य भइरहेको प्रहरीका अनुसार जानकारी प्राप्त भएको छ।
उक्त स्थान अस्थायी प्रहरी पोष्ट जितपुर मकवानपुरबाट करिब ४ किलोमिटर पूर्वतर्फ पर्छ। सडक यथाशीघ्र खुलाउन प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रतिकृया दिनुहोस्










