हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

हेटौंडा । एकल महिला, द्वन्द्वपीडित महिला तथा सीमान्तकृत समूहहरूको अधिकार अभिवृद्धि र सशक्तिकरणका विषयमा स्थानीय सरोकारवालासँग हेटौंडामा शुक्रबार एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

मानव अधिकारका लागि एकल महिला समूह मकवानपुर, बागमती प्रदेशको आयोजनामा तथा कुर्वे उस्ट्रोको सहयोगमा भएको उक्त कार्यक्रममा समाजका विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने रहेका थिए। कार्यक्रमको अध्यक्षता एकल महिला समूह मकवानपुरकी अध्यक्ष शारदा चौलागाईंले गरेकी थिइन्।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१० की वडा सदस्य गोमा सुनार, उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशी शाखा प्रमुख विष्णु कुमारी लामिछाने, गैरसरकारी संस्था महासंघ  मकवानपुर जिल्ला अध्यक्ष रमिला सापकोटा,माइती नेपालकी कार्यक्रम संयोजक माया लामा, हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबा, मानव अधिकार तथा मानव बेचबिखन विरुद्धको सञ्जाल संयोजक आरती पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महिला संयोजक उर्मिला लामालगायतको उपस्थिति थियो।

कार्यक्रममा अधिवक्ता अप्सरा बस्नेतले एकल महिलासम्बन्धी कानुनी प्रावधान र अधिकारका विषयमा जानकारी दिएकी थिइन्। त्यस्तै, समूहकी प्रदेश अधिकृत अप्सरा अर्यालले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्।

छलफलमा सहभागी सरोकारवालाहरूले जिम्मेवार निकायहरूको भूमिका र उत्तरदायित्व स्पष्ट गर्नुपर्नेमा जोड दिँदै एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहहरूको अधिकारका पक्षमा निरन्तर वकालत गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.