जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

मकवानपुर । जेसीआई हेटौंडाले मकवानपुरगढी गाउँपालिका–६, गुर्दाङस्थित एक विपन्न घरपरिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग गरेको छ।

सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाध्यक्षतामा सम्पन्न खाद्यान्न वितरण कार्यक्रमको संयोजन सरोज घिमिरेले गरेका थिए। कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाको पूर्वाधार विकास समितिका संयोजक बखान सिंह पाख्रीन प्रमुख अतिथि रहेका थिए।

सन् २०२५ का महासचिव संजय कुमार न्यौपानेका अनुसार, संस्थाका सदस्य तथा शुभेच्छुकहरूबाट संकलित राहत सामग्रीहरू सो विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो। सहयोगी दाताहरूले चामल, दाल, तेल, चाउचाउ, बिस्कुट, चिउरा, भुजा, मस्यौरा, नगद, मोजा/जुत्ता र ब्ल्याङ्केट (कम्बल) लगायतका अत्यावश्यक सामग्री सहयोग गरेका थिए।

जेसीआई हेटौंडाले सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा रचनात्मक सहयोग कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा जेसीआई हेटौंडाका पूर्वअध्यक्ष देवेन्द्रध्वज कार्की (सन् २००५), कुश कुमार रिजाल (सन् २००८), राजदेव बानिया (सन् २०२०) लगायतका जेसीज सदस्यहरूको उपस्थिती रहेको थियो।

सन् २०२५ का जेसीज सप्ताहका लागि मूल कार्यक्रम संयोजक सन्तोष पराजुली र सहमूल कार्यक्रम संयोजक किरण आले रहेका छन्।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.