मकवानपुर । द्वन्द्व प्रभावित महिला तथा बालबालिका सम्बन्धी निर्देशन समिति (NAP2) को बैठक बिहिवार जिल्ला समन्वय समितिका प्रमुख ललित घलानको संयोजकत्वमा सम्पन्न भएको छ। मानव अधिकारको लागि महिला एकल महिला समूहको आयोजनामा तथा जिल्ला समन्वय समितिको सहकार्यमा बैठक भएको हो।
बैठकमा मकवानपुरका सबै स्थानीय तहका जनप्रतिनिधि, पालिका प्रशासनिक अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मानव अधिकार आयोगकी अधिकृत रविना घिमिरेले महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्ताव १३२५ र १८२० का लक्ष्य, दोस्रो राष्ट्रिय कार्ययोजना (२०७९/८०–२०८१/८२) का मुख्य क्षेत्रहरू, कार्यान्वयन प्रक्रिया, चुनौतीहरू र न्यूनीकरण उपायबारे विस्तृत प्रस्तुतीकरण दिइन्।
समिति प्रदेश र जिल्लामा २०८० सालमै गठन भइसकेको
र द्वन्द्वपीडितका पक्षमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जिल्ला समन्वय समितिका प्रमुख घलानले जानकारी दिए।
एकल महिला समूहकी अध्यक्ष शारदा चौलागाईंले द्वन्द्वपीडित तथा एकल महिलाहरू विभिन्न समस्यामा परेको भन्दै स्थानीय तहहरूले उनीहरूको रोजगार तथा आर्थिक सशक्तीकरणका कार्यक्रम अघि बढाउन आग्रह गरिन्।
स्थानीय सरोकारवालाको ध्यान द्वन्द प्रभावित महिला र बालबालिका प्रति कम भएकोले उनीहरु ओझेलमा परेको गुनासो गरेका छन् ।









