हेटौंडा -१० बसपार्क नजिक पुरुष मृत फेला

 

मकवानपुर । मकवानपुरको हेटौँडा–१० स्थित बसपार्क नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान करिब ८:४५ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको छेउमा नाम, थर र वतन नखुलेका, मागी–खाई हिँड्ने जस्तो देखिने करिब ३०–३५ वर्ष उमेरका पुरुष मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो।

सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको र अहिले घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल प्रहरी चौकी बसपार्कबाट करिब ५०० मिटर पश्चिमतर्फ पर्छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.