सडक कच्ची, खाल्टाखुल्टी र डुवान मुक्त बनाउँछाैँ: वडा अध्यक्ष सिग्देल

हेटाैँडा । हेटाैँडा उपमहानगरपालिका ४ नं. वडालाई २०८४ सालसम्म कच्चि, खाल्टाखुल्टी र डुवान मुक्त गरिने वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन्  । लक्ष्मी टाेल विकास संस्थाकाे ८ औँ साधारणसभाकाे उद्घाटन गर्दै ४ नं. वडा हेटाैँडाकाे मूख्य बजार क्षेत्र र मुटुकाे वडा भएकाेले व्यवस्थित सहर र बस्ति बनाउन कच्चि राेड र खाल्टाखुल्टी मुक्त वडा बनाईने उनकाे भनाई थियाे ।

संघीय सरकार, प्रदेश सरकार र उपमहानगरसंग समन्वय गर्दै वडाकाे सबै सडककाे स्तरीकरण कार्य अगाडि बढाउन लागिपरेकाे कामबाट नै नगरबासीमा छर्लङ्ग भएकाे वडा अध्यक्ष सिग्देलले दावी गरे। सडक पूर्वाधारसंगै शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण, भाषा, साहित्य संस्कृति, युवा, महिला, विध्यार्थी, बृद्वबृद्वाकाे विभिन्न क्षेत्रमा कार्य गरिरहेकाे जानकारी दिए।
साधारणसभा टाेल विकास संस्थाका अध्यक्ष शान्ति बरालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा टाेल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, टाेल विकास संस्था वडा समन्वय समितिका सदस्य ईन्द्रबहादुर थापा मगरकाे विशेष आथित्यता रहेकाे थियाे । साधारणसभाले पुन: शान्ति बरालकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएकाे संस्थाकी प्रतिनिधि आशा ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.