मनहरी -१ मा निशुल्क गोबर परीक्षण सेवा सुरु

हेटौंडा । मनहरी गाउँपालिका–१ नम्बर वडा कार्यालयले निशुल्क गोबर परीक्षण सेवा सुरु गरेको छ। वडा अध्यक्ष शिव प्रसाद खनालले सोमबार सार्वजनिक गरिएको सूचनामार्फत यो जानकारी दिएका हुन्।

वडामा प्रत्येक हप्ताको आइतबार र बुधवार पशु प्राविधिकमार्फत नियमित सेवा प्रदान हुँदै आएकोमा अहिले थप रूपमा निशुल्क गोबर परीक्षण सेवा पनि सुरु गरिएको वडा कार्यालयले जनाएको छ।

अध्यक्ष खनालका अनुसार, प्रत्येक हप्ताको बुधवार बिहान ११ बजेपछि गोबर परीक्षण सेवा उपलब्ध हुनेछ। कृषकहरूलाई सेवाबाट लाभान्वित हुन आग्रह गर्दै यससम्बन्धी सूचना सार्वजनिक गरिएको वडा कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.