मकवानपुर । मनहरी गाउँपालिका–६, सुनाचुरी निवासी ६५ वर्षीय बलबहादुर राई आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज बिहान करिब ८:३० बजे वडा अध्यक्षमार्फत घटना सम्बन्धी जानकारी प्रहरी चौकी सुनाचुरीमा पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको हो।
प्रहरी चौकी सुनाचुरीबाट प्रहरी हवलदार शम्भु नारायण साहको कमाण्डमा गएको टोलीले घटनास्थल सुरक्षित गरेको जनाएको छ। साथै थप अनुसन्धान तथा मुचुल्का उठाउन इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक दिपक थापा (SOCO टोली सहित) को नेतृत्वमा अर्को टोली पनि घटना स्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब ३ किलोमिटर पूर्व तथा इलाका प्रहरी कार्यालय मनहरीबाट करिब ७ किलोमिटर पश्चिम पर्छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस्










