मकवानपुर । जिल्लामा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसार–पसार गर्ने तीन वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा–५ क्याम्पाडाँडा क्षेत्रमा चेकजाँचका क्रममा उक्त टिप्परहरू नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा परेका सवारी साधनहरूमा प्रदेश २–०३–००१ ख ३९४४, मधेस प्रदेश २–०३–००१ क २५६५ तथा ना. ८ ख ४२०४ नम्बरका टिप्पर छन्। यी सबै टिप्परहरू अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानीमा संलग्न रहेको भन्दै आवश्यक कारबाहीका लागि हेटौडा उप–महानगरपालिका कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।
उप–महानगरपालिकाले सम्बन्धित सवारीधनीहरूलाई गरी रु. १८,००० जरिवाना गरेको छ। प्रहरीले अवैध उत्खनन तथा ढुवानी नियन्त्रण गर्न नियमित अनुगमन जारी राखिने जनाएको छ।
प्रतिकृया दिनुहोस्










