मकवानपुरमा अवैध नदीजन्य पदार्थ उत्खनन् रोक्ने क्रममा एक स्काभेटर र एक टिप्पर नियन्त्रण

मकवानपुर । मकवानपुरमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसार–पसार भइरहेको अवस्थामा एक स्काभेटर र एक टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, सोमबार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले हेटौंडा–१९ स्थित क्षेत्रबाट बा २ क ५१६६ नम्बरको स्काभेटर र ना ८ ख ८८९७ नम्बरको टिप्पर नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएका दुबै सवारी साधनलाई आवश्यक कारबाहीका लागि हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। अवैध उत्खनन् र ढुवानीमा संलग्न भएको आधारमा ५४ हजार २७३ रुपैयाँ जरिवाना गरिएको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.