मानवसेवा आश्रमका लागि दुलाल परिवारद्वारा १११ बोट केरा रोपाइँ

हेटौंडा।  हेटौंडा–९ स्थित मानवसेवा आश्रममा आश्रय लिइरहेका सेवा प्राप्तकर्ताका लागि दुलाल परिवारले १११ बोट केरा रोपेर सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ। हेटौंडा–१७ हटियाका स्थायी बासिन्दा दुलाल परिवारले आश्रमको खाली जग्गामा फलफूल उत्पादन बढाउने उद्देश्यले सो पहल गरेको हो।

६७ वर्षीय कृष्ण प्रसाद दुलालले आश्रमको अवलोकन गर्ने क्रममा केराका बोट नदेखिएको पाउँदा विदेशबाट आएका  छोरामार्फत १११ वटा केराका बिरुवा रोपाइँ गराएको परिवारले जनाएको छ। परिवारका आशिष दुलाल, माधव दुलाल, देवकी दुलाल गौतम, केशवी दुलाल, इन्दिरा पौडेल, नवराज पौडेल र भिमप्रसाद लामिछानेलगायतले संयुक्त रूपमा रोपाइँ गरेका हुन्।

मानवसेवामा निरन्तर सक्रिय रहने माधव दुलाल  क्यानडास्थित एनआरएनका निवर्तमान अध्यक्ष समेत हुन् । स्वदेश आएको छोटो समयको  क्रममा शुक्रबार आश्रम परिसरमा बिरुवा रोपेर आफ्नो सहभागिता जनाए।

दुलाल परिवारले आश्रमका सेवा लाभार्थीका लागि आवश्यक परे भविष्यमासमेत योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आश्रमका सञ्चालकहरूले दुलाल परिवारको यो पहलले पोषणसम्बन्धी आवश्यकतामा सहयोग पुग्ने र आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.