घरमा आगलागी हुँदा  दुई लाख रुपैयाँ बराबरको क्षति

मकवानपुर । राक्सिराङ गाउँपालिका–७ दराङमा रहेको एक घरमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ।

बिहीबार बिहान करिब ८ बजे सुक्रबहादुर प्रजाको ढुंगामाटोले बनेको, खरले छाएको एकतले घरमा खाना पकाउने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्याल मकवानपुरले जानकारी दिएको छ । आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, नगद तथा काठ पूर्णरूपमा जलेर नष्ट भएका छन्।

आगलागी करिब दिउँसो १२ बजे पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन।

उक्त स्थान प्रहरी चौकी कान्द्राङबाट करिब ३५ किलोमिटर पश्चिममा पर्दछ।

प्रतिकृया दिनुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.