हेटौंडा । नेपाल जेसीज वर्ष २०२६ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदमा विकेशलाल श्रेष्ठ निर्वाचित भएका छन्। नेपाल जेसीजको आयोजना तथा जनकपुर जेसीजको समन्वयमा सम्पन्न ५२औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट श्रेष्ठ निर्वाचित भएका हुन्।
उक्त पदका लागि ६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा ४ जना कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका थिए, जसअन्तर्गत विकेशलाल श्रेष्ठ पनि एक हुन्।
श्रेष्ठ हेटौंडा जेसीज वर्ष २०२४ का शाखा अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय महासचिवसमेत रहिसकेका छन्। उनी मकवानपुर जिल्लामा रहेर विभिन्न संघ–संस्थाको प्रतिनिधित्व गर्दै लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएका छन्।
प्रतिकृया दिनुहोस्










