मकवानपुर । अबैध रूपमा ल्याइएका १२ वटा चौपाया (गोरु) सहित एक ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार दिउँसो करिब १:३० बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९ नेवारपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा चेकजाँचको क्रममा ज्यामिरेबाट बस्तीपुरतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख.१२२० नम्बरको आइचर ट्रकलाई रोकी जाँच गरेको थियो।
चेकजाँचका क्रममा आवश्यक कागजपत्र बिना अबैध रूपमा ल्याइएका १२ वटा गोरु फेला परेपछि ट्रक चालक हेटौंडा–१५ निवासी २५ वर्षीय अखिल भण्डारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका गोरु तथा चालकलाई आवश्यक कारबाहीका लागि पशु सेवा केन्द्र, हेटौंडा मकवानपुरमा पठाइएको छ।
प्रतिकृया दिनुहोस्









